Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप १७७ जनामा कोरोना संक्रमण पुष्टि

थप १७७ जनामा कोरोना संक्रमण पुष्टि

  • 1.3K
    SHARES

  • थप १७७ जनामा कोरोना संक्रमण पुष्टि

    बुटवल,असार २८ ।

    पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ ।

    जसमध्‍ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् ।

    जसमध्‍ये ८५३ जना होम आइसोलेसनमा रहेका छन् भने २० जना संस्थागत आइसोलेसन र ११ जना आईसीयूमा छन् ।यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology