Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवल कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा

बुटवल कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा

  • 1.6K
    SHARES

  • बुटवल कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा

    बुटवल,असार २७ ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ।

    सोमबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच १२ वर्ष माथिकाउमेर समुहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथानियमितखोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

    बुटवल उपमहानगर पालिकाप्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्नकालागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरेको जानकारी गराएका थिए । बुटवल उपमहानगरपालिकामाखोप लगाउन बाँकी रहेकापूर्ण खोपका लागि आह्वान गर्दै खोप केन्द्र मार्फतसेवा प्रदान गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिए। 
    उनले तथ्यांक संकलकहरुलाई अभिमूखीकरण गरीखोप नलगाउने तथा छुट नागरिकहरुको तथ्यांक संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रचार प्रसार,छुट नागरिकहरुलाई खोप सेवाप्रदान, वडाबाट रेण्डम सर्वेक्षण, सबै वडाहरुको पूर्ण खोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको बताए । 
    बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले बुटवलभित्र र बुटवल बाहिरका नागरिकलाई समेत कोभिडकालमा सेवाप्रदान गरेको बताइन् । उनले बुटवलमा खोेप सुनिश्चितभएको र खोप लगाउनबाँकी रहेकाहरुलाई खोप लिन आह्वान गरिन् । 
    उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नका लागि जिल्लाखोप समन्वय समितिलाई भेरिफिकेसन तथाअनुमति प्रदानगर्न पालिकाबाट सिफारिस, जिल्लाखोप समन्वय समिति बाट भेरिफिकेसन गरीपूर्णखोप गर्न अनुमति प्रदान भएको जानकारी गराए। 
    उनले बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ मध्य १२ वर्ष माथि पूर्ण खोप लगाएका १ लाख ५७हजार ३९३ जनालाई खोप लगाईएको जानकारी दिए। उनले ९ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाईएको जानकारी दिए। 
    कार्यक्रममाकोभिड १९ नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्ने प्रदेशको स्वास्थ्य, जनसंख्यातथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्यकार्यालय, सामाजिकतथा गैरसरकारी संघ संस्थाहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयमसेविकाहरु, उपमहानगरपालिकाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology