कौरव खत्री/गुल्मी २७,असार ।
गुल्मेली समाज जापानले कान्तोमा समितिको गठन गर्ने भएको छ । जापानमा रहेका गुल्मेलीलाई एउटै परिवारमा जोड्ने उद्देश्यका साथ जापानको कान्तोमा समिति गठन गर्न लागेको गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले जानकारी दिए ।
आँउदो साउन ८ गते अर्थात जुलाई २४ तारिकका दिन सोलमारी मुरा हल टोकियोमा समितिको गठन गर्न लागिएको हो । साथै सोही अवसरमा राजदुतावास र नेपाल एअरलाईन्स जापानमा कार्यरत गुल्मी जिल्लाका व्यक्तिहरुलाई सम्मान कार्यक्रम रहेको छ ।
साथै गुल्मेली समाज जापानले गुल्मी जिल्लाका पिडितलाई सहयोगसँगै जिल्ला अस्पताल गुल्मी,आशा अपाङ्ग केन्द्र गुल्मी,नेपाल पत्रकार महासंघ गुल्मीलाई समेत आर्थिक सहयोग गरिसकेको गुल्मेली समाज जापानका प्रवक्ता दिलिप थापाले जानकारी दिनुभयो ।
गुल्मेली समाज जापानले गुल्मी जिल्लामा उत्कृष्ट पत्रकारिता पुरस्कारको कोष स्थापना समेत गरेको छ । २००९ मा स्थापना भई आएको गुल्मेली समाज जापानले आफ्नो स्थापना काल देखि नै सामाजिक क्षेत्रमा निरन्तर सहयोग गदै आइरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)