Logo बिहिवार, आश्विन १ गते २०८३
images

एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे चयन

एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे चयन

  • 2.5K
    SHARES

  • एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे चयन

    बुटवल,असार २५ ।

    नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । आज बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले संघीय सांसदसमेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गरेको हो ।

    यसअघिका प्रदेश अध्यक्ष मेटमणि चौधरी शहरी विकास मन्त्री नियुक्त भएपछि पाण्डेलाई अध्यक्ष बनाइएको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।  प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन् । रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन् ।

    उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएकाले उनको ठाउँमा श्रीराम यादव चयन भएका छन् । यस्तै अर्का उपाध्यक्षमा चीनबहादुर गुरुङ, सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मीरा श्रेष्ठ चयन भएका छन् । रुपन्देही जिल्लाको नेतृत्व हेरफेरसम्बन्धी जिल्ला समितिले गरेको सिफारिस प्रदेश समितिले अनुमोदन गरेको प्रदेश सचिव राजु गुरुङले बताए ।

    वैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ । वैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा ५ दलीय गठबन्धन कायम रहने भएपनि गठबन्धनको मात्र भर नपरी संगठन विस्तार र परिचालनमा केन्द्रित हुन निर्देशन दिएका सचिव गुरुङले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology