बुटवल,असार २५ ।
रूपन्देहीको तिलोत्तमामा माइक्राे बस दुर्घटनामा परेको छ। आज बिहान लु २ ख ८०४ नम्बरको बस तिलोत्तमा नगरपालिका –९ मङगलापुरमा रेलिङ्गमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनाबाट बसमा सवार ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मङगलापुरका प्रहरी नायब निरीक्षक थमबहादुर रोकाले जानकारी दिए ।
बसमा १४ जना यात्रु सवार रहेका थिए ।
घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)