Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी बौद्ध विश्वविद्यालय बुटवलका प्राध्यापकले दिए सामुहिक राजीनामा

लुम्बिनी बौद्ध विश्वविद्यालय बुटवलका प्राध्यापकले दिए सामुहिक राजीनामा

  • 3.3K
    SHARES

  • लुम्बिनी बौद्ध विश्वविद्यालय बुटवलका प्राध्यापकले दिए सामुहिक राजीनामा

    बुटवल,असार २४।

    लुम्बिनी बौद्ध विश्वविद्यालयको लुम्बिनी सिटी क्याम्पस बुटवलका प्राध्यापकहरुले सामुहिक राजीनामा दिएका छन् ।

    प्रशासनिक संयोजक बलबहादुर पाण्डे, बिटिटिएम कार्यक्रम संयोजक मोहनलाल भण्डारी, मेघनाथ खनाल र कमल मरासिनीले  सामुहिक राजीनामा दिएका हुन् ।

    क्याम्पसले बिहिबार देखि साउन ५ गते सम्मको लागि विदा गरेर त्यहाँका उपप्राध्यापकहरुले बिहिबार नै सामुहिक राजीनामा गरेका हुन् ।

    सिटी क्याम्पस बुटवलका संयोजक समेत रहेका उपप्राध्यापक पाण्डेले जारी गरेको सूचनामा वार्षिक विदाबाट मिलान हुनेगरी असार २३ गतेदेखि साउन ५ गतेसम्म विदा गरिएको उल्लेख गरिएको छ ।

    राजीनामा गरेका उपप्राध्यापकहरुले विश्वविद्यालयका रजिष्टारलाई सम्बोधन गर्दै  बुधबार नै सामुहिक राजीनामा गरेका हुन् । राजीनामा पत्रमा केही समयदेखि विद्यार्थी संगठनहरुको क्याम्पसमा अध्ययन गर्ने केही विद्यार्थीहरुले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको र विद्यार्थीहरुको अपमानजनक गतिबिधिका कारण कार्यसम्पादन तथा अध्यापन गराउने वातावरण नभएकोले राजीनामा गरेको उल्लेख गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology