Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बेलायती प्रधानमन्त्री जोनसनद्वारा  राजीनामाको घोषणा

बेलायती प्रधानमन्त्री जोनसनद्वारा  राजीनामाको घोषणा

  • 1.1K
    SHARES

  • बेलायती प्रधानमन्त्री जोनसनद्वारा  राजीनामाको घोषणा

    बुटवल,असार २३ ।

    संयुक्त अधिराज्य (बेलायत) का प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका छन्। 

    श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गरेका हुन्। 

    जोनसनले कन्सर्भेटिभ पार्टी नेताबाट राजीनामा पेस गरेपछि बेलायती विदेशमन्त्री लिज ट्रसले बिहीबार सबैलाई शान्त र एकतावद्ध बनेर अघि बढ्न आह्वान गरेका छन्। 

    उनले बालीबाट ट्वीट गर्दै भने,-‘प्रधानमन्त्रीले सही निर्णय गर्नुभएको छ। जोन्सनको नेतृत्वमा रहेको सरकारले ब्रेक्जिट, कोभिड–१९ विरूद्धको खोप विकास र वितरण तथा यूक्रेनलाई समर्थन गर्नेजस्ता धेरै उपलब्धिहरू हाँसिल गरेको छ। हामीलाई अहिले शान्ति र ऐक्यवद्धताको आवश्यकता छ। नयाँ नेता चयन गर्दासम्म उहाँको नेतृत्व कायम रहनेछ।’ 

    अब कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। आगामी अक्टोबरमा टोरी दलको सम्मेलन हुनु अघिसम्म नयाँ प्रधानमन्त्रीको चयन भइसक्नेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology