बुटवल,असार २२ ।
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै आफूमाथिका आरोप पुष्टि गर्न चुनौती दिएका शर्माले पदबाट राजीनामा घोषणा गरेका हुन्।
उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा कुनै त्रुटी नगरेको दाबी गर्दै एउटा होइन, हजार वटा छानबिन समिति सामना गर्न तयार रहेको पनि बताएका छन्।
शर्माले बजेट निर्माणमा कुनै त्रुटी नगरेको दाबी पनि गरे। उनले स्थापित मूल्य र मान्यताकै आधारमा बजेट बनेको बताए।
‘बजेट निर्माण गर्दा कुनै त्रुटी गरेको छैन, स्थापित मूल्य मान्यताका आधारमा बजेट निर्माण भएको छ। करको दररेट हेरफेर गर्ने विषयमा दुईवटा सचिवलाई नीतिगत निर्देशन गरेको छु,’ शर्माले भने, ‘म जेठ १४ गते बेला साढे ११ बजे क्वार्टर पुगेर सुतेको र जेठ १५ गते विहान ६ बजे मन्त्रालय पुग्दा सचिवहरु काम गरिरहनुभयो।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)