Logo बिहिवार, आश्विन १ गते २०८३
images

अपाङ्ग महिला संघ नेपालको आयोजनामा अभिमुखिकरण तालिम

अपाङ्ग महिला संघ नेपालको आयोजनामा अभिमुखिकरण तालिम

  • 1.6K
    SHARES

  • अपाङ्ग महिला संघ नेपालको आयोजनामा अभिमुखिकरण तालिम

    बुटवल,असार २१  ।

    नेपाल अपाङ्ग महिला संघ, केन्द्रिय कार्यालय काठमाडौंको आयोजानमा लुम्बिनी प्रदेशलाई लक्षित गरि बुटवलमा ३ दिने अभिुमिखीकरण तालिम  सुरु भएको छ ।

    अपाङ्गता भएका महिला, बालबालिका बिरुद्ध हुने लैङ्गिक हिंसा रोकथाम सम्बिन्धि एकद्धार संकट ब्यबस्थापन केन्द्र, स्वाथ्य कर्मी, तथा स्थानीय सरकारका प्रतिनिनिधीहरुको सहभागीतामा  अभिमुखिकरण तालिम सुरुवात भएको हो । रुपन्देही, दाङ्ग, कफिलबस्तु र अर्घाखाँची गरी चार जिल्लाबाट १९ जनाको सहभागिता रहेको यस तालिममा ३ जना मेडिकल डाक्टर छन् । भने ४ जना जिल्ला प्रहरी कार्यालयबाट प्रतिनिधित्व गरिरहनुभएको छ, त्यसैगरी ४ जना अपागंता भएका महिलाहरु  छन् । र बाँकी ८ जना ओसिएमसिका नर्स तथा परामर्शदाताहरु  छन् ।

    तालिमको पहिलो दिनमा नेपाल अपांङ्ग महिला संघको  केन्द्रीय सदस्य तथा अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकाल, राष्ट्रिय महिला आयोगकी अधिवक्ता बिमला खड्का र नेपाल अपागं महिला संघ, काठमाडौंको परियोजना व्यवस्थापक सम्झना घिमिरेले तालिममा सहजिकरण गरेका थिए ।

    प्रस्तुती, छलफल, भिडियो, समुह कार्य जस्ता विधिहरु अपनाएर तालिम सञ्चालन गरिरहेको छ । कल्पना ढकालले कार्यक्रमको उदेश्यका बारेमा प्रष्ट पार्दै ओसिएमसीलाई कसरी अपांगता मैत्रि र पहुँचयुक्त बनाउन सकिन्छ भनेर छलफल गराउनु भयो भने  बिमला खड्काले अपागंता सम्बन्धि कानुनी प्रावधानहरु बारे छलफल चलाउनुभयो त्यसैगरी  सम्झना घिमरे अपागंताका परिभाषा, वर्गिकरण साथै नेपाल अपाङ्ग महिला संघले ओसिएममसीका बारेमा गरेको अध्ययनका तथ्यहरुबारे छलफल गर्राइन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology