Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

मेडिटेकमा निःशुल्क ओपिडी टिकट,उपचार सेवामा सहुलियत

मेडिटेकमा निःशुल्क ओपिडी टिकट,उपचार सेवामा सहुलियत

  • 5.1K
    SHARES

  • मेडिटेकमा निःशुल्क ओपिडी टिकट,उपचार सेवामा सहुलियत

    बुटवल,असार १७।

    मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवलले वृद्ध, विपन्न, पेशाकर्मीहरुको उपचारमा सहुलियत दिन शुरु गरेको छ । अस्पतालले निःशुल्क ओपिडी टिकट उपलब्ध गराउँदै उपचार सेवामा सहुलियत दिएको हो ।

    बिगत १५ वर्षदेखि सेवा दिँदै आएको अस्पतालले अपांग, जेष्ठ नागरिक, पहिलो गर्भ परीक्षण, पाठेघरको मुखको क्यान्सरको परीक्षण, सुगरको निःशुल्क जाँच, मुत्र रोगका बिरामीलाई सुगर परीक्षण, पत्रकारहरुका लागि ओपिडी निःशुल्क गर्ने घोषणा गरेको छ ।
    अस्पतालले विशेषज्ञ तालिका सार्वजनिक गर्दै स्वास्थ्य उपचारसम्बन्धी सम्पूर्ण सेवाहरु उपलब्ध गराउने उद्देश्य अनुरुप निकट समयमा १०० शैयाको अस्पताल बनाउने योजना बनाएको छ । बुटवलको अस्पताललाई मणिग्राममा स्थानान्तरण गर्ने अस्पतालको योजना छ ।
    सार्वजनिक तालिकामा अस्पतालको सामाजिक उत्तरदायित्व बहनका सामाजिक कार्यक्रमहरु, जनस्वास्थ्य तथा नागरिक स्वास्थ्यका विषयमा अस्पतालको जिम्मेवारी, बिरामी चिकित्सक सरल संवाद तथा परामर्शको व्यवस्था गरिने उल्लेख छ ।

    अस्पताल सरकारको मापदण्डअनुसार २४ सै घण्टा उपचार सेवा प्रदान गर्ने गरी विस्तार भइरहेको निर्देशक गणेश ज्ञवालीले नागरिक अनलाइनलाई जानकारी दिए ।

    गरिकको स्वास्थ्य सेवा पाउने मौलिक हकलाई निजी संस्थाको तर्फबाट समेत योगदान गर्ने प्रतिबद्धतासहित सरकारी मापदण्डअनुसार आव ०७९-०८० लाई स्वास्थ्य सहकार्यको वर्षको रुपमा मनाउने उनले बताए ।

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology