बुटवल,असार १७।
लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीको अध्यक्षमा अशोक क्षेत्री निर्वाचित भएका छन् । शुक्रबार बुटवलमा एक कार्यक्रमका बिच पदस्थापन समेत भएको छ ।
क्लवका संस्थापक अध्यक्ष पशुपति उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ मणिमुकुन्द युथका अध्यक्ष सन्तोष श्रेष्ठको प्रमुख आतिथ्यतामा रहेको थियोे ।
सो अबसरमा सल्लाहकार यदुमणी पोखरेल,पत्रकार कपिल ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो । सो अबसरमा लायन्स बर्ष २०२१/०२२ का अध्यक्ष पशुपति उपाध्यायले बर्ष २०२२/२३ का अध्यक्ष अशोक क्षेत्रीलाइ पदहस्तान्तरण गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष क्षेत्रीले आफ्नो कार्यकाल नमुना बनाउने गरि काम गर्ने बताए । उनले सबैको साथ र सहयोगले क्लव अगाडी बढ्ने भन्दै सहकार्यका लागि अनुरोध समेत गरे ।
क्लवको प्रथम उपाध्यक्षमा शभम न्यौपाने,दोस्रो उपाध्यक्षमा दीपक अर्याल,सचिबमा चिरञ्जिबी गैरे,कोषाध्यक्षमा बिष्णुप्रसाद खनालसहित ३१ सदस्यीस समिति चयन भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)