Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रचण्ड र बाबुराम भट्टराईबीच भेट

प्रचण्ड र बाबुराम भट्टराईबीच भेट

  • 2.8K
    SHARES

  • प्रचण्ड र बाबुराम भट्टराईबीच भेट

    काठमाडौं, असार १७ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ।

    लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको हाे । उनीहरूबीच समय-समयमा उपराष्ट्रपति नन्दबहादुर पुनको पहलमा भेट हुने गर्छ।

    बुधबार मात्र जसपा अध्यक्ष उपेन्द्र यादवसँग सहमतिमै पार्टी विभाजन गरेका भट्टराईले बिहीबार प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    भट्टराईनिकट स्रोतले भने उनी माओवादीमा नफर्किने दाबी गरेको छ। भट्टराईले २०७२ सालमा माओवादी त्यागेका हुन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology