Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा ३० लाखमा बन्यो परियार सेवा समाजको भवन,सुन्दासले गरे उद्घाटन

बुटवलमा ३० लाखमा बन्यो परियार सेवा समाजको भवन,सुन्दासले गरे उद्घाटन

  • 2.8K
    SHARES

  • बुटवलमा ३० लाखमा बन्यो परियार सेवा समाजको भवन,सुन्दासले गरे उद्घाटन

    बुटवल, असार १५ ।

    परियार सेवा समाज रुपन्देहीको नवनिर्मित पक्की भवन बुधबार अप्रा मेजर एवं परियार सेवा समाजका तेस्रो राष्ट्रिय महाधिवेशनका अध्यक्ष बल बहादुर सुन्दासद्वारा एक समारोहका बीच उद्घाटन भएको छ ।  

    बुटवल उपमहानगरपालिका वडा नं ६ सुन्दरनगरमा निर्माण भवनको उद्घाटनमा बोल्दै सुन्दासले देशभरमै अहिलेसम्म स्थापित हुन नसकेको भवन बुटवलमा निर्माण भएकोमा खुसी व्यक्त गर्दै भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । 

    कार्यक्रममा बोल्दै वरिष्ठ समाजसेवी तथा पूर्व राजदूत पदम सुन्दासले देशैभर छरिएर रहेका परियारहरु आपसी हकहितका लागि एकजुट भएर लाग्नुपर्ने बताए । उनले यो समाज एउटा गुठीजस्तै भएकाले यसको विकासका लागि आफु निरन्तर लागिरहने बताए ।samaj pariyar.jpg

    त्यस्तै कार्यक्रममा बोल्दै संविधान सभा सदस्य तथा दलित अधिकारकर्मी विनोद पहाडीले परियार जातिको क्षमता अभिवृद्धि र विकासका लागि पनि भवन निर्माणको आवश्यकता भएको बताए ।  उनले भवन निर्माणको पहल गर्ने सुन्दरनगर खानेपानी तथा सरसफाई संस्थाका पूर्व अध्यक्ष तथा समाजसेवी विरमान लामालाई धन्यवाद व्यक्त गर्दै १ तले पक्की भवनलाई आगामी दिन तलाको स्तरवृद्धिका लागि आवश्यक बजेट व्यवस्थापनमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरें । 

    त्यस्तैगरी परियार सेवा समाजका तेस्रो राष्ट्रिय सम्मेलनका कोषाध्यक्ष एवं समाजसेवी कृष्ण रणपालले कार्यक्रममा बोल्दै विसे नगर्ची परियार समुदायको मात्रै नभएर राष्ट्रको सपुत भएकाले  मणिमुकुन्दसेन उद्यान बुटवल–२ फुलबारीमा उनको शालिक निर्माणका लागि सिलान्यास कार्यक्रम गरिएको बताए । उनले परियारहरु सीप र कलाका धनी भएकाले आपसी भाइचारा, सद्भाव र एकता हुनुपर्ने बताए ।

    त्यस्तैगरी सुन्दरनगर खोपानी तथा सरसफाई संस्थाका पूर्व अध्यक्ष विरमान लामाले कार्यक्रममा बोल्दै परियारहरुको एकता, सदभाव् र  सुन्दरनगरको विकासका लागि भवन निर्माणमा जग्गा उपलब्ध गराउन पहल गरेको बताए । उनले परियार समुदायका व्यक्तिहरु चुनावका बेला फरक–फरक पार्टीमा आस्था र विस्वास राखेपनि सबै एकजुट भएर अगाडि बढ्न सुझाव दिए । 

     त्यस्तैगरी भवन निर्माण समितिका संयोजक तथा सल्लाहकार राम कुमार रणपालले परियार सेवा समाजको भवन निर्माणमा सबैको सहयोगले भएको बताउँदै विसेनगर्चीको शालिक पनि निर्माण गरी बुटवलमा ऐतिहासिक पहिचान बनाएर अघि बढ्ने बताए ।

    कार्यक्रममा बोल्दै समाजका अध्यक्ष लोक बहादुर नेपालीले भवनको पहल गर्ने  बुटवल–६ सुन्दरनगरका समाजसेवी विरमान लामालगायत सहयोगी दाताहरुलाई हार्दिक आभार एवं धन्यवाद व्यक्त गरेका थिए । परियार सेवा समाजको भवनबाट आगामी दिन नौमती पन्चे बाजा तथा परियार समुदायहरुको सीप तथा क्षमता विकासको लागि काम गर्दै निकट भविष्यमा सहकारीको अवधारणा समेत ल्याईएको छ ।  

    कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।संस्थाका अध्यक्ष लोक बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रम समाजका सल्लाहकार रामकुमार रणपालको स्वागत मन्तव्यमा कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण परियारले गरेका थिए ।

    त्यस्तैगरी बुटवल–२ फुलबारीस्थित मणिमुकुन्दसेन उद्यान संरक्षण समितिको पार्कमा विसेनगर्चीको शालिक निर्माणका लागि महामहिम पूर्व राजदूत पदम सुन्दासद्वारा सिलान्यास गरिएको छ ।

    विंसं १७४६ मा जन्मिएका विसे नगर्चीले नेपाल एकीकरणका समयमा पृथ्वीनारायण शाहलाई आर्थिक सहयोग गरी महत्वपूर्ण योगदान दिएका थिए । उनको विंसं १८२८ मा निधन भएपश्चात सम्झनामा  समाजले आउँदो ६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी शालिक अनावरण गर्ने परियार सेवा समाजका तेस्रो राष्ट्रिय सम्मेलनका कोषाध्यक्ष कृष्ण रणपालले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology