बुटवल,असार १५ ।
१९ औं राष्ट्रिय धान दिवसमा बिभिन्न कार्यक्रम भएको छ। ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने मुल नाराका साथ तिलोत्तमा नगरपालिकाले धान दिवस मनाएको हो ।
तिलोत्तमा वडा नं १० मा रहेको कृषि संजालको कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाण र उप प्रमुख जागेश्वरी देवि चौधरीले धान रोपेका हुन् ।
साे अवसरमा नगर प्रमुख खाणले अब कृषि पेशालाई आधुनिकिकरण गर्नुपर्ने बताए । उनले आधुनिक कृषि पेसालाई बढवा दिदै नगरलाई अर्गानिक र आत्मनिर्भर बनाउने बताए ।
सरकारले २०६२ साल असार १५ गतेदेखि सरकारले राष्ट्रिय धान दिवस मनाउदै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)