Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्री वलीद्वारा राजीनामा 

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्री वलीद्वारा राजीनामा 

  • 1.8K
    SHARES

  • लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्री वलीद्वारा राजीनामा 

    बुटवल,असार १५ ।

    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिनुभएको छ ।

    ओलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाउनुभएको हो । प्रेमी भनिएका व्यक्तिको घरमा पुगेर लफडा गरेको भन्दै विवादपछि उहाले माओबादी केन्द्रकै सल्लाहमा राजीनामा दिनुभएको हो । 

    उहाले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य सुदर्शन बरालले पुष्टि गर्नुभयो । 
    दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेको अभियोगमा उहामाथि छानबिन भइरहेको छ ।

    वलीले भने आफूले हातपात नगरेको दाबी गर्दै आउनुभएको छ । वलीका पति उत्तरकुमार ओलीको निधन भएपछि विमला दाङ क्षेत्र नम्बर ३ (ख)मा भएको उपनिर्वाचनमा निर्वाचित भएकी हुनुभएको थियो  ।

    नेकपाबाट निर्वाचित वलीले माओवादी केन्द्र रोजेपछि उहांलाइ स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology