Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलका पर्यटन ब्यवसायीले भने- ‘कालिका पथलाई रात्रिकालिन बजार बनाउन जुटाैँ’

बुटवलका पर्यटन ब्यवसायीले भने- ‘कालिका पथलाई रात्रिकालिन बजार बनाउन जुटाैँ’

  • 2.3K
    SHARES

  • बुटवलका पर्यटन ब्यवसायीले भने- ‘कालिका पथलाई रात्रिकालिन बजार बनाउन जुटाैँ’

    बुटवल,असार १५ ।

    रूपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले  बुटवलको कालिका पथलाई रात्रिकालिन बजारको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । सुरक्षा तथा पूर्वाधार अभावको नाममा कालिका पथलाई कसैले पनि रात्रिकालिन बजार हुनबाट रोक्न नहुने उनीहरुले बताएका छन् ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहो २४ औं स्थापना दिवसका अवसरमा बुधबार बुटवलमा आयोजिक कार्यक्रममा व्यवसायीहरुले उक्त कुरालाई जोड दिएका हुन् । 

    आधुनिकताको बिकास र समयको माग अनुसार यस क्षेत्रमा आवश्यक सिसिटिभी क्यामेरा तथा सडक बत्तीको व्यवस्था गरि रात्रिकालिन रुपमा बजार सञ्चालन गर्न सुरक्षा निकाय, स्थानी, प्रदेश तथा संघीय सरकारले सहयोग गर्नु पर्ने उनीहरुको माग छ ।  बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याले व्यवसायीहरुको माग सम्बोधनका लागि स्थानीय सरकार तयार रहेको बताइन । कालिका पथलाई रात्रिकालिन बजारको रुपमा बिकास गर्नका लागि उपमहानगरले आवश्यक पूर्वाधार बिकासमा जोड दिने उल्लेख गरिन् । 

    यस क्षेत्रलाई रात्रिकालिन बजार बनाउनका लागि सबै राजनीतिक दलहरुको आफ्नो चुनाबी घोषणापत्रहरुमा समेत उल्लेख गरेको बताउँदै उनले घोषणापत्र अनुसार कार्यान्वयन हुनु पर्नेमा समेत जोड दिइन । बुटवलको पहिचान र पर्यटन क्षेत्रको बिकासका लागि रातको समयमा कोही पनि अलपत्र पर्नुपर्ने बाध्यताको अन्त्यका गर्न कालिका पथलाई रात्रिकालिन बजारको रुपमा बिकास गर्न आश्यक रहेको उल्लेख गरिन् ।   

    यसैगरी उपप्रमुख अर्यालले मर्यादित र कानुनी दायरामा रहेर होटल व्यवसाय सञ्चालन गर्न आग्रह गरेकी छन् । बजार अनुगमन तथा त्यसको कार्यान्वयन आफ्नो प्रमुख जिम्मेवारी रहेको बताउँदै उनले मर्यादा र कानून विपरित जानेहरुका लागि कडा रुपमा प्रस्तुत हुने बताईन । यो वा त्यो बहानामा नियम विपरित जाने कसैलाई पनि छुट नरहेको उनले दोहोर्याइन ।

    कार्यक्रममा बोल्दै संघका संस्थापक सचिव माधव नेपालले बुटवलको कालिका पथलाई रात्रिकालिन बजार बनाउनका लागि आवश्यक लगानी गर्न आफूहरु तयार रहेको उल्लेख गरे ।

    व्यवसायीहरुले नै मिलेर सामुहिक रुपमा लगानी गरि सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान तथा सडक बत्तीको व्यवस्था गर्न सकिने बताउँदै उनले सुरक्षा लगायतका अन्य सुविधा सरकारले उपलब्ध गराउन सक्नु पर्ने बताए । यसैगरी उनले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको बताए ।

    यस क्षेत्रमा लागेका व्यवसायीहरुलाई पूराना धारणा त्यागेर मर्यादित पेसा र पर्यटन व्यवसायीका रुपमा हेर्न सरकारसँग माग गरे ।  कार्यक्रममा संघका निवर्तमान अध्यक्ष समुन्द्र जिसी, बुटवल ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम लगायतले बोलेका थिए । 

    कार्यक्रमका अवसरमा क्यान्सर पीडित व्यवसायीहरु बिकास ढकाल र दुर्गा खनालको परिवारलाई जनही २१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । कार्यक्रममा नव निर्वाचित जनप्रतिनीधि, संघका संस्थापकहरु, रक्तदाता लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा १५ असार तथा राष्ट्रिय धान दिवसका अवसरमा को उपलक्ष्यमा दही चिउरा खाएर शुभकामना आदानप्रदान गरिएको थियो ।

    अध्यक्ष रामप्रसाद गौतमको अध्यक्षता तथा महासचिव माधव कुमार खनालको सञ्चालनमा कार्यक्रम भएको हो । 

    hotel.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology