Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

आज धान दिवस : मानो रोपेर मुरी फलाउने पर्व

आज धान दिवस : मानो रोपेर मुरी फलाउने पर्व

  • 2.0K
    SHARES

  • आज धान दिवस : मानो रोपेर मुरी फलाउने पर्व

    बुटवल,असार १५ ।

    आज असार १५ अर्थात् धान दिवस। मानो रोपेर मुरी फलाउने पर्वका रूपमा अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ ।

    असार १५ का दिन एक पटक हिलो टेक्नु भन्ने मान्यता छ। खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ।हल गोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन्।

    रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने चलन छ।

    खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउने गर्छन्।

    २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology