काठमाडौं, असार १४ ।
ईपिएस कोरिया भाषामा एक हजार ८०९ जना उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखा सोमबार प्रकाशन गरेको नजितामा कृषि तथा पशुपालनतर्फको पहिलो चरणको परीक्षामा सहभागिमध्येबाट एक हजार ८०९ जना उत्तीर्ण भएका छन् ।
२०७९ जेठ १९ गते देखि असार ३ गतेसम्म भएको परीक्षामा छ हजार ५९७ जना सहभागी भएका थिए । यीमध्ये एक हजार ८०९ जना मात्र उत्तीर्ण भएको सूचनामा उल्लेख छ । उत्तीर्ण परीक्षार्थीहरु कोरियामा रोजगार आवेदन फारम भर्न योग्य भएको सूचनामा उल्लेख छ ।
शाखाले भाषा परीक्षामा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारको ग्यारेन्टी नहुने वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाले सूचनामार्फत जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)