Logo बुधवार, श्रावण १३ गते २०८३
images

मन्त्री प्रेम आलेले बुझाए पार्टी अध्यक्ष नेपाललाई राजीनामा

मन्त्री प्रेम आलेले बुझाए पार्टी अध्यक्ष नेपाललाई राजीनामा

  • 1.9K
    SHARES

  • मन्त्री प्रेम आलेले बुझाए पार्टी अध्यक्ष नेपाललाई राजीनामा

    काठमाडौं,असार १२ ।

    पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राजीनामा पत्र बुझाएका छन्। 

    संसदीय दलको बैठक बोलाउनुपर्ने मागबाट हस्ताक्षर फिर्ता लिएका उनले पूर्व प्रतिबद्धता अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र थमाएको उनी निकट स्रोतले जनाएको छ। 

    उनीसँगै फिर्ता बोलाउने निर्णय गरिएका अन्य तीन मन्त्री भने अझै निर्णयमा पुगेका छैनन्। उनीहरुले छुट्टै छलफल गरिरहेको बुझिएको छ। 
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठले संसदीय दलको बैठक बोलाउनेसहित ८ वटा माग राखेका छन्। उनीहरुसँग हस्ताक्षर गर्ने १० मध्ये ६ जनाले फिर्ता लिइसकेका छन्। 

    एकीकृत समाजवादीका अध्यक्ष नेपालले आइतबार बिहान आफूले मन्त्रीहरुको राजीनामा पत्र गोजीमा बोकेर हिँडेको अभिव्यक्ति दिएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology