Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लाेक दोहोरी गायिका दिलमाया सुनार मृत फेला,१ जना पक्राउ

लाेक दोहोरी गायिका दिलमाया सुनार मृत फेला,१ जना पक्राउ

  • 1.7K
    SHARES

  • लाेक दोहोरी गायिका दिलमाया सुनार मृत फेला,१ जना पक्राउ

    बुटवल,असार १२ ।

    लाेक दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन् । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उनी मृत अवस्थामा भेटिएकी हुन् । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् ।

    उनले शुक्रबार आफू बाँच्न मुस्किल भएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटससमेत लेखेकी थिइन् । प्रहरीले घटना अनुसन्धानका क्रममा सूर्य श्रेष्ठलाईलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology