Logo बिहिवार, आश्विन १ गते २०८३
images

बालबालिकालाई मोबाइल–टिभी नदेखाउन चिकित्सकहरूको आग्रह

बालबालिकालाई मोबाइल–टिभी नदेखाउन चिकित्सकहरूको आग्रह

  • 2.8K
    SHARES

  • बालबालिकालाई मोबाइल–टिभी नदेखाउन चिकित्सकहरूको आग्रह

    बुटवल,असार ११ ।

    बालबालिकालाई मोबाइल–टिभी नदेखाउन रुपन्देहीका चिकित्सकहरूले आग्रह गरेका छन्। मोबाइल–टिभी धेरै समय हेर्दा बालबालिकाहरूमा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरूले यस्तो आग्रह गरेका हुन्। 

    चिकित्सकहरू आबद्ध रहेको रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार “बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल–टिभी नदेखाऊँ” अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावको बारेमा जानकारी गराएको हो। क्लवले रुपन्देहीका विभिन्न नगर पालिकाहरुसँगको सहकार्यमा सचेतनामूलक अभियान समेत चलाउने क्लबका अध्यक्ष डा.सन्तोष पोखरेलले बताए।

    डा.पोखरेलका अनुसार बालबालिकाले धेरै समय मोबाइल हेर्दा निन्द्रामा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुने जस्ता समस्या देखिने गरेका छन्। पछिल्लो समय मोबाइलको प्रयोगले बालबालिकामा धेरै समस्या देखिएको बताउँदै उनले अभिभावक समेत यो विषयमा सचेत रहनुपर्नेमा जोड दिए।

    क्लबले बालबालिकाहरू बढी जम्मा हुने खोप केन्द्र, मन्टेश्वरी, सार्वजनिक निकायहरूमा राख्नेगरी स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखरुलाई ब्यानर तथा सचेतना सामग्री हस्तान्तरण समेत गरेको छ। 

    कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले क्लबले सुरु गरेको अभियान निकै सकारात्मक रहेको बताउँदै अभियानलाई साथ दिन तिलोत्तमा नगरपालिका तयार रहेको बताए। तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भैसकेको सन्दर्भमा “बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल–टिभी नदेखाऊँ” अभियान पनि बालमैत्री कार्यक्रमसँगै अघि बढाइने बताए। 

    यस्तै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले बालबालिकालाई मोबाइल नदेखाउने विषयमा अभिभावकहरू बढी सचेत हुनुपर्ने बताउँदै परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्ने बताए। यसैगरी सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले क्लबले सुरु गरेको अभियान समाज सुधारको अभियान भएकोले यो अभियानले सामाजिक सचेतना जगाउने बताए। 

    कार्यक्रममा रोटरी क्लबका एजी राजेन्द्र कार्की, रोटरीयनहरु डा.विनिता भट्टराई, डा. मञ्जु गुभाजुलगायतले धारणा राखेका थिए। रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले यसअघि “जथाभावी नथुकौं, थुकले मृत्यु फैलाउँछु” भन्ने अभियान सञ्चालन गरेको थियो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology