बुटवल,असार ११ ।
राष्ट्रिय खेल भलिबलको पुर्वाधार विकासमा सरकारको लगानी बढाउनुपर्ने खेलप्रेमीहरुले सुझाव दिएका छन । शनिबार बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेशनमा सहभागीहरुले खेल विकासमा सरकारको लगानी बढाउन सुझाव दिएका हुन ।
एक समारोहका बिच अधिवेशनको लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै सरकारका संरचनाहरु संघियतामा अघि बढ्दै गर्दा खेलकुद संघिय संरचनामा जान नसक्नु दुखद भएको बताए । संघिय सरकारको मातहतमा रहेका संरचनामा रहदा प्रदेशका धेरै खेलकुद गतिविधि अघि बढ्न नसकेको उनले बताए ।
नितिगत रुपमा ऐन संशोधन गरृर संघिय संरचनामा पुन संरचना गर्न जरुरी रहेको उनले बताए । भलिबल खेललाई प्राथमिकता राख्दै यो प्रदेशमा राष्ट्रियस्तरको स्टेडियम र प्रतियोगिताहरु आयोजनाका लागि प्रदेश सरकारको बजेटमा सम्बोधन भएको उनले बताए ।
साबिक मध्यपश्चिमान्चल भलिबल संघका अध्यक्ष देबेन्द्र बैरागीले खेलमा राजनितिको प्रभाव देखिन नहुने भन्दै ब्यक्तिको क्षमता र दक्षताका आधारमा खेलको नेतृत्व आउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष निरोज मास्के, केन्द्रीय सदस्य किशोर आचार्यले भलिबल खेल विकास गर्न सबैको सहयोग जरुरी रहने बताए । भलिबल खेललाई ब्यवसायिक बनाउदै खेल र खेलाडीको विकासमा लाग्नुपर्ने उनिहरुको सुझाव दिए ।
कार्यक्रममा सचिव भिम वलीले प्रदेश संरचना नया हुदा केही कठिनाई देखिएको बताए । लुम्बिनी प्रदेशका ११ जिल्ला संघको अधिवेशन सम्पन्न भैसकेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)