Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रोल्पाको  होस्टलमा  किशोरी  मृत  फेला,सर्पले  टोकेर   मृत्यु भएको आशंका

रोल्पाको  होस्टलमा  किशोरी  मृत  फेला,सर्पले  टोकेर   मृत्यु भएको आशंका

  • 1.2K
    SHARES

  • रोल्पाको  होस्टलमा  किशोरी  मृत  फेला,सर्पले  टोकेर   मृत्यु भएको आशंका

    रोल्पा,असार ८  ।

    सरकारी  निकायले  आयोजना गरेको  ब्युटीपार्लर  तालिममा   सहभागी   रोल्पाकी  एक  किशोरी  होस्टलमा  मृत फेला  परेकी छिन्  ।

    जिल्लाको  रुन्टिगढी गाउँपालिका-५  छिन्नेटाकी  १७ वर्षीय  कृष्णी  बिक  मृत  फेला  परेकी  हुन  ।  सदरमुकाम लिवाङ्ग स्थित घरेलु  तथा  साना  उधोग  कार्यालयले  आयोजना  गरेको  ब्युटिपार्लर  तालिममा   गएकी  उनी  होस्टलमा  सुतेको  अवस्थामा मृत  फेला  परेको  प्रहरीले जनाएको  छ  ।  

    रोल्पाका  प्रहरी  प्रमुख  डिएसपी बिनोद  घिमिरेका  अनुसार  होष्टलको  कोठामा  सर्प  फेला  परेको  र  औँलामा  सानो  घाउ देखिएकोले  सर्पले  टोकेर  उनको  मृत्यु भएको  हो  कि  भन्ने आशंका  गरिएको  छ  । तर   मेडिकल रिपोर्ट  न  आए  सम्म  एकिन  भन्न  नसकिने  उनको  भनाइ  छ   ।  शव  पोष्टमार्टमका लागि  जिल्ला  अस्पतालमा राखिएको  छ  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology