Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कञ्चन गाउँपालिकाको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य,कृषि, र्यटन र पुर्वाधारमा जोड

कञ्चन गाउँपालिकाको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य,कृषि, र्यटन र पुर्वाधारमा जोड

  • 2.0K
    SHARES

  • कञ्चन गाउँपालिकाको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य,कृषि, र्यटन र पुर्वाधारमा जोड

    बुटवल,असार ७ ।

    कञ्चन गाउँपालिकाले आर्थिक वर्ष २०७९-०८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार र भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

    “समुन्नत कञ्चन,सबल स्थानीय सरकार” भन्ने नाराका साथ कन्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले बार्हौ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । गाउँपालिकाले कृषिलाई आर्थिक समृद्धिको मेरुदण्ड मान्दै कृषिलाई आधुनिकिकरण तथा व्यवसायीकरण तर्फ उन्मुख गराई कृषकहरुको आयस्तर वृद्धि तथा बजारीकरण गर्न जोड दिएको छ ।

    गाउँपालिकाले  पशुपंक्षी, माछा पालन तथा उत्पादनमा आधारित कृषकहरुलाई कृषिमा आत्मनिर्भर बनाउने गरि कार्यक्रम ल्याइएको अध्यक्ष ढकालले बताउनुभयो । व्यवसायीक कृषकहरुका लागि च्याउ, तरकारी तथा गहुँको विउ विजन, मल, सिचाई र यान्त्रिकिकरण लगायतको प्रविधिमा अनुदानको व्यवस्था गरिएको उल्लेख छ । कार्यक्रममा एक वडा एक बाली पकेट क्षेत्र कार्यक्रमलाई प्रथामिकतामा राखिएको छ ।

    कञ्चन गाउँपालिकाले धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्ष्ँण सर्वद्धन गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरि पर्यटकीय क्षेत्रको विकासमा जोड दिएको छ ।  सामूदायकि वनलाई धार्मिक तथा पयुटकीय वनको रूपमा विकास गरी वन्यजन्तु आरक्षण केन्द्र वा प्राणी उद्यानको रुपमा विकास गर्ने निति तथा कार्यक्रम समोटिएको छ ।  गाउँपालिकामा आमा समुह तथा युवा क्लबलाई उद्यमशिलतामा आत्मनिर्भर बनाउन लघु तथा साना र मझौला उद्योग स्थापनाका लागि उद्योग ग्रामको स्थापना,  स्थानिय स्तरबाट उत्पादित बस्तुलाई खरिद विक्रीको व्यवस्था, समानको गुणस्तर मापन प्रयोगशाला,  ब्राण्डिङ्गको व्यवस्था, गुणस्तर प्रमाणीकरणका लागि विशेष अनुदानको व्यवस्था, कर प्रणाली तथा समावेश नभएका उद्योगी तथा व्यावसायीहरुलाई करको दायरामा ल्याई नयाँ करदातालाई विशेष छुट तथा एकद्वार कर प्रणालीको व्यवस्था गरिने उल्लेख छ ।

    कञ्चन गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधि र मानव संशाधन विकासमा जोड दिएको छ ।  गाउँपालिकाले धर्म–संस्कृति कला, साहित्य र भौगोलिक परिबेश समेटी कक्षा ६ देखि कक्षा ८ सम्म स्थानिय पाठ्यक्रम निर्माण गरिने पनि कार्यक्रम ल्याएको छ । सामुदायिक विद्यालयमा एक नर्सिङ सेवा पहुँच, अनिवार्य तथा निशुल्क शिक्षा कार्यवन्यन  लागि तहगत तथा विषयगत शिक्षकको व्यवस्थापन, निशुल्क खाजा, सेनेटरी प्याड उपलब्ध गराउने, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्याथीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रममा उल्लेख छ ।

    निति तथा कार्यक्रममा पिछाडिएका अशाहय विपन्न र बेरोजगार महिलालाईलाई स्वरोजगार बनाउन विभिन्न तालिमको व्यवस्था मिलाउने उल्लेख छ । जेष्ठ नागरिक मिलन केन्द्र, बाल उद्यान, अनाथालय, अपाङ्गता विद्यालयलाई व्यवस्थित र प्रभावकारी बनाइने, लैङ्गिक हिंसा निवारण तथा तत्काल उद्दार तथा राहत कोष संचालनका लागि बजेटको व्यवस्था गरिने उल्लेख छ ।

    निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष ढकालले ६० वर्ष माथिका सबै नागरिक, अति विपन्न नागरिक, एकल महिला, अपाङ्गता व्यक्ति तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपचारार्थ निशुल्क स्वास्थ्य विमा, स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर विस्तार, कञ्चनका ७० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, जेष्ठ नागरिक, असहाय, अशक्त, अपाङ्ग र विपन्न परिवारलाई निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिने उल्लेख छ । गाउँपालिकामा संक्रामक रोग नियन्त्रणका लागि उपयुक्त खोपको व्यवस्थपन गरिने उल्लेख गरिएका छन् ।

    गाउँपालिकाका मुख्य चोकमा सि सि टिभि क्यामेरा जडान, सेन्सर जडित स्मार्ट सडक बत्तीहरुको व्यवस्थापन, कन्चन (३ जिग्निहवामा विधुत सबस्टेसन निर्माण,  विधुतीया चार्जिङ्ग  स्टेसन स्थापना, मुख्य स्थानहरुमा सर्वजानिक शौचालय निर्माण गरिने उल्लेख छ । ” फराकिलो सडक, विकासको पुर्वधार” भन्ने नारालाई अवलम्बन गर्दै सडक निर्माणलाई प्राथमिकताको आधारमा बजेट बिनियोजन गर्ने सबै सडकलाई चौडा गरि स्तरोन्नति र  कालोपत्रे गरिने छ भने ठुला योजना तथा पुल निर्माण कार्यको लागि संघीय सरकार तथा प्रदेश सरकारसङ्ग  आवश्यक बजेटको पहल  गरिन निति तथा कार्यक्रममा राखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology