बुटवल,असार ७ ।
रुपन्देहीको देवदहमा नृत्य र मोडलिङ्गमा उत्कृष्टता हासिल गर्नेका लागि देवदह ट्यालेन्ट हन्ट हुने भएका छ । एकसाता अगाडिदेखि अडिशन सुरु भएको देवदह ट्यालेन्ट हन्टको पहिलो र दोस्रो अडिशन ९छनोट कार्यक्रम० सम्पन्न भएको छ ।
पहिलो अडिशनमा ५० जना सहभागि भएका र त्यहाबाट छानिएका २६ जनाले अहिले फाईनलमा जानका लागि दोस्रो अडिशन दिएका छन् । ति मध्यबाट छानिएर नृत्य विधाका उत्कृष्ट १५ जना र मोडलिङ्गका उत्कृष्ट १० जनाले फाईनलमा प्रतिस्प्रर्धा गर्ने भएको ट्यालेन्ट हन्टका कोरियोग्राफर सृष्टि शाक्यले जानकारी दिनुभयो । असार १५ मा हुने फाईनलमा नृत्य र मोडलिङ्ग विधाका आधा–आधाले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने शाक्यले जानकारी दिनुभयो ।
ट्यालेन्ट हन्टका बारेमा जानकारी दिनका लागि देवदहमा आयोजित पत्रकार सम्मेलनमा ईभेन्ट अर्गनाईजर विक्रम परियारले १२ वर्षदेखि माथीका किशोर किशोरी र युवा युवतिको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
इभेन्ट अर्गनाईजर परियारका अनुसार प्रतियोगितामा सहभागि हुने मध्यबाट दुई बिधामा विजेता घोषणा गरिने छ । मोडलिङ्ग विधामा विजयी हुने विजेताले २० हजार नगद उपहार पाउने बताइएको छ । प्रतियोगितामा डान्सिङ्ग विधाका विजेताले नगद ३० हजार पाउने छन् यस्तै उपविजेताले २० हजार, तृतियले १० हजार र एक जनाले प्रोत्साहन पुरस्कार स्वरुप ५ हजार नगद र उपहार प्राप्त गर्ने कोरियोग्राफर सृष्टि शाक्यले जानकारी दिनुभयो ।
त्योसँगै विभिन्न विधामा विजेता बनेकाहरु मध्यबाट ७ जनालाई एकवर्षको पुर्ण छात्रवृति पढाई खर्च एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज बुटवलले प्रदान गर्ने एक्पर्ट बुटवल शाखा प्रमुख रोशन कण्डेलले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन स्वरुप उक्त छात्रवृति प्रदान गर्न लागिएको कण्डेलले बताउनुभयो ।
असार १५ गते हुने फाईनल कार्यक्रममा बरिष्ट हास्य कलाकार सुरविर पण्डित र गायक देवेन्द्र वब्लुको सहभागिता रहने अफिसल कोरियोग्राफर उदिन खड्कीले जानकारी दिनुभयो । केबी डान्स स्टुडियो बुटवलको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । पत्रकार सम्मेलनको संचालन संचारकर्मी सुमन श्रेष्ठले गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)