Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

  • 2.1K
    SHARES

  • नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

    काठमाडौँ,असार ७ ।

    सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट निलम्बन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो।

    सरकारले अधिकारीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णयसमेत गरेको। उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको आरोप छ। मन्त्रिपरिषद्को बैठकले अधिकारीले कर्मचारीमाथि दूर्व्यवहार  गरेकोसहित उनीमाथिका सबै आरोपको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

    कर्मचारीलाई दूर्व्यवहार  गरेको आरोपमा गएको जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीलाई स्पष्टीकरण सोधेको थियो।  निगमका पूर्वकर्मचारी अधिकारी गएको कात्तिकमा निगमको अध्यक्ष नियुक्त भएका थिए। पछिल्लो समय अधिकारीसँग पर्यटनमन्त्री प्रेमबहादुर आलेको सम्बन्ध राम्रो थिएन।

    मन्त्री आलेले अधिकारीलाई अश्लिल शब्दमा गाली गरेको अडियोसमेत सार्वजनिक भएको छ। यस सम्बन्धमा पनि मन्त्री परिषद्ले छानविन गर्ने निर्णय गरेको छ।  अधिकारीले ट्विनेटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको, साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगेर वित्तीय हानी पुर्‍याएको, सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएर आफैंले लाभ लिएको, निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको, पदअनुसारको आचरण नदेखाएको जस्ता आरोप अधिकारीमाथि लागेको छ।

    गएको वैशाखमा निगमका केही कर्मचारीले पनि अधिकारीलाई पदबाट हटाउन माग गर्दै आलेलाई ज्ञापन पत्र बुझाएका थिए।

    cabinate-desion-2079-3-6.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology