भैरहवा,असार ४ ।
भैरहवास्थित होटल पौवाको स्वीमिङ्ग पुलमा डुबेर एक युवाको ज्यान गएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षिय सुमित तुलाधरको स्वीमिङ पुलमा डुबेर मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलका अनुसार शुक्रबार साथीहरुसंगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर बेलुकी सवा ५ बजेतिर स्विमिङ्ग पुलमा डुबेका थिए ।
तुलाधरलाई उद्दार गरी अस्पताल लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको डीएसपी पौडेलले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)