Logo बिहिवार, आश्विन १ गते २०८३
images

बीग चियरको स्वीमिङ्ग पुलमा डुबेर तिलाेत्तमाका सन्दिप पौड्यालको मृत्यु

बीग चियरको स्वीमिङ्ग पुलमा डुबेर तिलाेत्तमाका सन्दिप पौड्यालको मृत्यु

  • 3.9K
    SHARES

  • बीग चियरको स्वीमिङ्ग पुलमा डुबेर तिलाेत्तमाका सन्दिप पौड्यालको मृत्यु

    बुटवल,जेठ ३१ ।

    तिलोत्तमा ३ मा रहेको बीग चियर रिसोर्टमा स्वीमिङ्ग गर्ने क्रममा न्यू लाइट स्कूलका शिक्षकको ज्यान गएको छ । 

    तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ३० वर्षीय सन्दिप पौड्याल पुलमा पाैडि खेल्दा सोमबार डुबेर बेहोस भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए ।

    यता, पौड्यालका एक सहकर्मीले रिसोर्टको व्यवस्थापनमा गम्भीर लापरवाही हुँदा मृत्यु भएको बताए । यस बारेमा रिसोर्टका म्यानेजर राममणि पाण्डेसँग पटक पटक सम्पर्क गर्न खोज्दा फोन उठाएनन् ।

    घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology