बर्दिया,असार ३ ।
बर्दियाको ठाकुरद्वारामा तीन दिने फोटो तथा भिडियो पत्रकारिता तालिम सुरू भएको छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजना र नेपाल पत्रकार महासंघ लुम्बिनीको समन्वयमा तालिम सुरू भएको हो ।
शुक्रबार देखि सुरू भएको तालिमको प्रमुख प्रशिक्षक मनोज पौडेल र पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरीले ब्यानर पढेर उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक मनोज पौडेलले एउटा फोटोले हजार शब्दको वयान गर्ने बताए । उनले फोटोको माध्यमबाट सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन सकिने बताए । कार्यक्रममा बरिष्ठ पत्रकार कमल पन्थीले बर्दियाको पर्यटन प्रवर्द्धनमा तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ बर्दिया उपाध्यक्ष मेनुका चौधरीले पत्रकारीतामा महिलाहरूको सहभागिता बृद्दि गर्नु पर्नेमा जोड दिइन । कार्यक्रम पत्रकार महासंघ लुम्बिनी अध्यक्ष वसन्त गिरीको अध्यक्षता, उपाध्यक्ष सुक्रऋषि चौलागाईको स्वागत र कोषाध्यक्ष यम नारयण घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
असार ३ गते सुरू भएको तालिम असार ६ गते सञ्चालन हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)