Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

मनोज गजुरेलले लेखे- ‘तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जित र भाइरसको हार झन् चाँडो हुनेछ’

मनोज गजुरेलले लेखे- ‘तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जित र भाइरसको हार झन् चाँडो हुनेछ’

  • 2.1K
    SHARES

  • मनोज गजुरेलले लेखे- ‘तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जित र भाइरसको हार झन् चाँडो हुनेछ’

    बुटवल,कार्तिक ११ -

    कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेल आफैंले जानकारी दिएका छन् ।


    यसअघि गजुरेलका दाजुलाई पनि संक्रमण देखिएको थियो । उनले दाजुलाई अस्पताल लैजाने–ल्याउने गरेका थिए । गत विहीबारदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने गरेको थियो । शनिबार ढाडको दुखाइ महसुस भएपछि उनले आइतबार पीसीआर टेष्ट गरेका थिए । सोमबार कोरोना संक्रमण पुष्टि भयो ।

    उनले आफूमा गाह्रो हुने खालका लक्षणहरु नदेखिएको र गत विहीबारदेखि नै आइसोलेसनमा रहेको बताएका छन् । ‘मलाई अहिले गाह्रो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु,’ उनले सामाजिक सन्जालमा लेखेका छन् ।

    उनले कोरोना भाइरस हार्ने र आफूले जित्ने उल्लेख गरेका छन् । ‘मलाई बिश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारिरीक, मानसिक र आध्यात्मिक ऊर्जाभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली इम्युन सिस्टममा स्वागत गरिसकेको छु,’ गजुरेलले लेखेका छन्, ‘तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जित र भाइरसको हार झन् चाँडो हुनेछ ।’

    गजुरेलले अरुलाई पनि सचेत रहन, पोजेटिभ देखिइहाल्यो भने पनि नआत्तिन र चिकित्सकको सम्पर्कमा रहन सुझाव दिएका छन् । कलाकार गजुरेलले लेखेका छन्,‘संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology