Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा हजयात्रीको बिदाइ तथा सम्मान,नेपालबाट ५४३ जना हज यात्री मक्का मदिना जाने

बुटवलमा हजयात्रीको बिदाइ तथा सम्मान,नेपालबाट ५४३ जना हज यात्री मक्का मदिना जाने

  • 3.3K
    SHARES

  • बुटवलमा हजयात्रीको बिदाइ तथा सम्मान,नेपालबाट ५४३ जना हज यात्री मक्का मदिना जाने

    बुटवल,असार ३  ।

    कोरोना महामारीले लगातार दुइबर्ष हुन नसकेको हज यात्रा यस बर्ष भने हुनेभएको छ ।यसबर्ष नेपालबाट ५सय ४३ जना मात्रै हज यात्री मक्का मदिना जाने भएका छन् ।

    रुपन्देही र पाल्पाबाटा हज यात्रामा जानेहरुलाइ शुक्रबार बुटवलमा विदाई तथा सम्मान गरिएको छ । बुटवल–४ मा रहेको मदिना मदरसा मस्जीद प्रबन्ध परिषद्को आयोजानमा यो बर्ष  हजका लागि यात्रामा जान लागेका १२ जना हज यात्रीलाई विदाई गरिएको हो ।
     हज यात्रीलाई नेपाली ढाका टोपी, पछ्यौरी तथा खादा र मायाको चिनोले सम्मान र विदाई गरिएको हो  परिषद्का अध्यक्ष हाजि सकुर मिया लगायतले उहाहरुलाइ सम्मान गर्नुभयो ।कार्यक्रममा बोल्दै मदिना मदरसा प्रबन्ध परिषद्का संरक्षक हजि जामाल मियाले हज यात्रा महङ्गो भएको भन्दै त्यसलाई घटाउन आग्रह गर्नुभयो ।

    उहांले कोरोना महामारीपछि तिन बर्ष पछि हज यात्राको लागि बाटो खुलेको भन्दै तर यो बर्ष हज यात्रा महंगो भएकोले हज कमिटीले हज यात्राको रकम घटाउनुपर्ने माग गर्नुभयो । उनले विगतका दिनमा २ लाख ५० हजार रुपैयाँ हराहारीमा हज यात्रा जान सकिनेमा यो बर्ष भने ८ देखि १० लाख सम्म लाग्ने अवस्था आउनुमा हज कमिटीको गैरजिम्मेबारी पना भएको बताउनुभयो ।

    huj yatri.jpg

    कार्यक्रममा पुर्ब अध्यक्ष हाजी मुनिर बकस मिया, पुर्ब अध्यक्ष हाजी अहमद अलि मिया तथा हज यात्री अब्दुल सहमद, अनुर बकस मिया,सचिव मोहम्मद जमिल खान, वरिष्ठ उपाध्यक्ष जलिउल्लाह मुसलमान लगायतले बोल्दै हज यात्रीको यात्रा सफलताको कामना गर्दै देशमा शान्ती अमनचयनको लागि अल्लाह संग दुवा माग्नेमा आशावादी भएको बताउनुभयो ।

    यो बर्ष हज यात्रा मा सरकारले कटौती गर्दै ५ सय ४३ जना मात्रै हज यात्री जान पाउने व्यवस्था गरेको छ । करोना महामारीको कारण मक्का मदिनामा समेत धेरै मानिस जम्मा हुन रोक लगाइएको छ ।  रुपन्देही र पाल्पामा  हाजी उल्लाह मिया, रजिया बेगम मिया, हाजी मनिउल्लाह मिया, सकिना मिया, हजरत अलि वार्सी, फातुमा वार्सी, अब्दुल सहमद, सायरा खातुन, अनुर बकस मिया, सायरा बानु, हाजी मोहम्मद आमिर, अक्सा जमालको टोली हज यात्राको  लागि पर्सी काठमाण्डौ जाँदै छ ।  असार १० गते हज यात्राका लागि काठमाडौंबाट मक्का जाने कार्यक्रम तय गरिएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology