Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

उपचाररत राज्यमन्त्री बिमला वली डिस्चार्ज

उपचाररत राज्यमन्त्री बिमला वली डिस्चार्ज

  • 1.3K
    SHARES

  • उपचाररत राज्यमन्त्री बिमला वली डिस्चार्ज

    बुटवल,असार २। 

    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन् । मंगलबार राति करिब १ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली बिहीबार दिउँसो  डिस्चार्ज भएकी हुन् ।

    दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए । पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकोले आराम र औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको उनले जानकारी दिए ।

    उनी अस्पतालबाट बुटवलस्थित निवासमा गएको उनी निकट स्रोतले जनाएको छ।मंगलबार बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यो घटना छानबिनका लागि लुम्बिनी प्रदेश सरकारले समिति नै गठन गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology