Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

प्रदेश सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छेउमा कोशेली घर सञ्‍चालन गर्ने

प्रदेश सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छेउमा कोशेली घर सञ्‍चालन गर्ने

  • 1.7K
    SHARES

  • प्रदेश सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छेउमा कोशेली घर सञ्‍चालन गर्ने

    बुटवल,असार १ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक प्रर्दशनी एवम् बिक्री कक्ष (कोशेली घर) सञ्‍चालन हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले ल्याएको ४२ अर्ब ६३ करोड बजेटमा कोशेली घर सञ्‍चालन गर्न बजेट बिनियोजन गरिएको हो । 

    लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले प्रदेश सरकारका आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट विनियोजन गरेका हुन्।lumbini pradesh.jpg

    उनले भनेका छन् -भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा आएसँगै प्रदेशको गरिमा बढेको छ,यसले स्थानीय उत्पादनहरूको अन्तर्राष्ट्रिय स्तरमा बजारीकरणको अवसर समेत सिर्जना गरेको छ यसका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक प्रर्दशनी एवम् बिक्री कक्ष कोशेली घर सञ्‍चालन हुने  छ । भने यस्तै प्रकारको कोशेली घर नेपालगञ्‍ज विमानस्थल नजिकमा समेत सञ्‍चालनमा ल्याइनेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology