Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज रुकुम-रोल्पामा सार्वजनिक विदा, भुम्या पर्व मनाइँदै

आज रुकुम-रोल्पामा सार्वजनिक विदा, भुम्या पर्व मनाइँदै

  • 1.6K
    SHARES

  • आज रुकुम-रोल्पामा  सार्वजनिक विदा, भुम्या पर्व मनाइँदै

    बुटवल,असार १।

    रुकुम पुर्व  र रोल्पामा आज भूम्या पर्व मनाइँदै छ। हरेक वर्ष असारको पहिलो साता मनाइने यस पर्वमा  मगर समुदायले पुर्ख्यौली पुजा–पाठ र  मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन् । 

    लुम्बिनी प्रदेश सरकारले मगर समुदायको बाहुल्य जिल्ला रोल्पा र रुकुम पूर्वमा बुधबार सार्वजनिक विदा दिएको छ।

    दशैंमा  जस्तै निम्तालु आदान–प्रदान, खानपिन र  हर्ष उल्लासका साथ मनाइने भुम्या पर्व  परापूर्वकाल देखि १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले मनाउँदै आएको पर्व हो । 
     
    एकीकृत वस्ती जस्तो देखिने रुकुम– रोल्पालीहरुको  बाक्लो वस्तीमा अन्न –बालीको राम्रो उब्जनी, प्राकृतिक विपत्तिबाट मुक्ति,  घर परिवारमा  सु स्वास्थ्यको कामना गर्दै सबै समुदायबीच  सदभावका साथ यो पर्व मनाउने गरिएको नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष मानसिंह बिक बताउँछन् ।  

    यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रुकुम रोल्पाबासीलाई  शुभकामना ब्यक्त गरेका छन् ।

    शुभकामना सन्देशमा उनले लुम्बिनी प्रदेश बहुजाति, बहुभाषिक र बहु सँस्कृतिले भरिपूर्ण भएको उल्लेख गर्दै  भूम्या पर्व रुकुम रोल्पालीहरुको साँस्कृतिक पर्व भएको बताएका छन्। 

    हेराैँ शुभकामना सन्देश :

    आरदणीय दिदी बहिनी तथा दाजुभाईहरु,
    शुभकामना  सन्देश  
    हाम्रो लुम्बिनी प्रदेशभित्र विशेष गरी रोल्पा र रुकुम पुर्वका जिल्ला लगायत प्रदेशका विभिन्न स्थानमा बसोबास गर्ने समुदायको लोकप्रिय पर्व“भूम्या (नाम्क) पर्व २०७९” को उपलक्षयमा प्रदेशवासी, देशबासी र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
    यो पर्व रोल्पा र रुकुम पूर्वमा मगर समुदायको अगुवाईमा सबै समुदायले भव्य रुपमा मनाउने पर्व हो । त्यसैले लुम्बिनी प्रदेश सरकारको तर्फबाट रोल्पा र रुकुम पूर्व जिल्लामा २०७९ असार १ गत सार्वजनिक बिदा प्रदान गरिएको जानकारी गराउँदै यसलाई हर्ष उल्लासमय तरिकाले मनाउनको लागि अपिल समेत गर्दछु ।
    हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु सँस्कृतिले भरिपूर्ण छ । यही हाम्रो देश र प्रदेशको विविध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्दछौँ । यस भावना र मर्मलाई नेपालको संविधान–२०७२ ले पनि स्वीकार्दै विविध जाति, धर्म, सँस्कृति र समुदायको संरक्षण र सम्बद्र्धनका लागि अधिकार प्रदान गरेको कुरा सर्वविदितै छ । नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने विश्वास दिलाउँदै संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने कुरा यो सन्देश मार्फत अवगत गराउँदछु ।
    हामीले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संघीयताको कुशल कार्यन्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेका छौं । विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यावस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ । यसै अनुरुप सबै समुदायको चाड, पर्वलाई प्रदेश सरकारले समान पूर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व, सहकार्य, भाइचारा, सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा विश्वास गर्दछु ।  
    अन्त्यमा प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको कुरा समेत व्यक्त गर्दछु । भूम्या पर्व २०७९ को अवसरमा प्रदेशबाशीको हर्ष, उल्लास र सद्भावपूर्ण भावना कायम रहोस् भन्दै समृद्ध प्रदेश निर्माणका लागि सबै प्रदेशबासी एवं सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त

    माननीय कुलप्रसाद केसी ‘सोनाम’
     मुख्यमन्त्री
    मिति: २०७९ जेष्ठ ३१ मंगलबार    लुम्बिनी प्रदेश

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology