बुटवल,असार १।
गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देहीका सचिब केशव खनालले लुम्बिनी प्रादेशिक अस्पताल को इमर्जेन्सी बिभागमा बिरामीहरुलाइ फलफूल वितरण गरेका छन् । उनले बिरामीहरुलाइ फलफूल वितरण गरेर जन्मदिन मनाएका हुन् ।
आफ्नो जन्म दिनमा आफुले ठुलो होटेलमा अथवा फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको बुटवल १३ निवासी समाजसेवी युवा खनानले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय,वडाध्यक्षहरु नरिश्वर पौडेल,प्रदीप श्रेष्ठ, शिव राना तथा जनप्रतिनिधि , सामाजिक ब्याक्तीत्व तथा स्वास्थकर्मी,युवाहरुको उपस्थिती रहेको थियो
नगर प्रमुखयर खेलराज पाण्डेयले बिरामीलाई फलफूल बितरण गरि जन्म दिन मनाएकोमा खनाललाई शुभकामना दिए ।आगामि दिनमा निरन्तर समाजसेवामा लाग्न अस्पतालका मेसु डा इन्द्र ढकालले आग्रह गरे ।
कार्यक्रमका गोर्खाली युवा सशक्तीकरण सस्थाका अध्यक्ष भरत पुरीले सधै सेवामा समपिर्त भएर विभिन्न किसिमका रचनात्मक अभियान समाज मा प्रस्तुत गरेर अघि बढ्ने प्रतिबद्धता गरे कार्यक्रमको संचालन अर्जुन खनालले गरेका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)