Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीकी प्रनिशा थापाले जितिन् मिस डायमण्ड नेपाल २०२२ को उपाधि

गुल्मीकी प्रनिशा थापाले जितिन् मिस डायमण्ड नेपाल २०२२ को उपाधि

  • 3.2K
    SHARES

  • गुल्मीकी प्रनिशा थापाले जितिन् मिस डायमण्ड नेपाल २०२२ को उपाधि

    बुटवल,जेठ २९ ।

    मिस डायमण्ड नेपाल २०२२ को उपाधि गुल्मीकी प्रनिशा थापाले जितेकी छन् । उनले नेपालभरीका १५ प्रतिस्प्रर्धीलाई पछि पार्दै मिस डायमण्डको उपाधि जितेकी हुन् ।

    उनले उपाधि सहित नगद २० हजार र थुप्रै गिफ्ट हेम्परहरु हात परेकी छन् । मुलुकभरका सातै प्रदेशबाट सहभागि भएका प्रतियोगिमध्यबाट टप फाईव हुँदै झापाकी अविना कटवाल मिस डायमण्ड एम्वेस्टर नेपाल,रुपन्देहीकी आर्शु राई मिस रेन्बो नेपाल, काभ्रेकी दीक्षा कार्की मिस क्रिष्टल नेपाल र चितवनकी रागिनी श्रेष्ठले मिस डिभा नेपालको उपाधि जितेकी हुन् ।

    साहसी कदम नेपाल रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा विभिन्न शिर्षकका उपाधी विजेताहरुले क्रमश १५ हजार, १०-१० हजार र ५ हजार नगद सहित विभिन्न गिफ्ट हेम्परहरु हात पारेका छन् । उपाधि विजेतालाई तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर बासुदेव घिमिरेले पुरस्कार वितरण गर्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका युवायुवतीहरुका अन्तरनिहित प्रतिभालाई उजागर गर्न र समाजमा घुलनमिलनका लागि कार्यक्रम सहयोगि सावित हुने बताउनुभयो ।

    उहाँले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अधिकार र अन्य सवालमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग रहने विश्वास ब्यक्त गर्नुभयो । साहसी कदम नेपालका अध्यक्ष आनिक रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमाका नगर उपप्रमुख जागेश्वरी देवी चौधरी, बरिष्ठ गायिका देवीका बन्दना,मिस डायमण्ड २०१६ का विजेता रेश्मा न्यौपाने, २०२० का विजेता सरोजी न्यौपाने, पुर्व मिस एम्वेस्टर सायरा गुरुङ्ग, मिस क्रिष्टल रोज थापा मगर, मिस रेन्वो जिज्ञासा चौधरी र मिस डिवा मुस्कान क्षेत्रीले विजेताहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

    संचारकर्मी सुमन श्रेष्ठको संचालनमा भएको कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. नन्दुप्रसाद पाठक, राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख सन्तोष आचार्य,अधिकारकर्मी मिनाक्षी न्यौपाने, प्रतिमा शर्मा, अध्यापक युवराज कंडेल,प्रतिमा भट्टराई,डाक्टर प्रज्ञा सिंह,कोरियोग्राफर सुजित बस्याल, पत्रकार झविन्द्र देवकोटाले निर्णायकको भुमिका निभाउनु भएको थियो ।

    कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट हुने सहभागि, सहयोगि संघसंस्था र ब्यक्तिलाई सम्मान गरिएको साहसी कदमका सहसचिव अनु अनमोल क्षेत्रीले जानकारी दिनुभयो । यसअघि भएकोे मिस डायमण्ड नेपाल २०२० मा रुपन्देहीकी सरोजी न्यौपाने विजेता बनेकी थिईन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology