Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम वहुमतले पारित

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम वहुमतले पारित

  • 2.1K
    SHARES

  • लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम वहुमतले पारित

    बुटवल,जेठ २९ ।

    लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम वहुमतले पारित भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सरकारको तर्फबाट जेठ २५ गते आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम पढेर सुनाएका थिए ।

    नीति तथा कार्यक्रम दुई दिन छलफल भएपछि आइतबार पारित भएको हो ।

    आइतबार प्रदेश सभा बैठकमा सभामुख पुर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाको बहुमतले ध्वनिमतका आधारमा पारित गरेको हो । ८० सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्ता पक्षमा ४३ र विपक्षमा ३७ सांसद छन् ।

    सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि लुम्बिनीको विकासमा एकतावद्ध भएर अघि बढ्न आग्रह गरे ।

    नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले चुनावी सरकारले दीर्घकालीन महत्वका र पूरा हुन नसक्ने योजनाहरु ल्याएको भन्दै आलोचना गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology