Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

क्रिस्टियानो रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज

क्रिस्टियानो रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज

  • 1.6K
    SHARES

  • क्रिस्टियानो रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज

    बुटवल,जेठ २९ ।

    अमेरिकी न्यायाधीशले क्रिस्टियानो रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज गरेका छन्। आरोप लगाउने वकिलले चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै मुद्दा खारेज गरेका हुन्।

    क्याथरिन मेयोर्गाले सन् २००९ मा म्यानचेस्टर युनाइटेडका फुटबलरले आफूलाई लस भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन्। रोनाल्डोले उक्त आरोप अस्वीकार गर्दै आएका छन्। 

    मेयोर्गाले सन् २०१० मा गोप्य रुपमा ३ लाख ७५ हजार अमेरिकी डलर लिएर आपराधिक मुद्दा छोडेको बताइएको छ। मेयोर्गा र उनको कानुनी टिमलाई त्यसपश्चात रोनोल्डोको वकिल अथवा प्रतिनिधिले धम्कि दिएको वा कानुन कार्यान्वयनमा बाधा पुर्‍याएको कुनै प्रमाण अदालतले फेला नपरेको समेत जनाएको छ।

    घटनालगत्तै सम्झौता गर्न सहमत भए पनि आफ्नो भावनात्मक स्थितिले मध्यस्थता प्रक्रियामा भाग लिन अनुमति नदिएको र प्रस्ताव स्वीकार गर्न दबाब महसुस गरेको मेयोर्गाको तर्क रहेको छ​।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology