Logo बिहिवार, आश्विन १ गते २०८३
images

२०२३ मा हुने ओरिफ्लेम मिस यूनिभर्स नेपालको ७१ औं संस्करणका लागि बुटवलमा कार्यशाला (भिडियो)

२०२३ मा हुने ओरिफ्लेम मिस यूनिभर्स नेपालको ७१ औं संस्करणका लागि बुटवलमा कार्यशाला (भिडियो)

  • 2.0K
    SHARES

  • २०२३ मा हुने ओरिफ्लेम मिस यूनिभर्स नेपालको ७१ औं संस्करणका लागि बुटवलमा कार्यशाला (भिडियो)

    बुटवल जेठ २८ ।

    ओरिफ्लेम मिस यूनिभर्स नेपाल-२०२२ मा सहभागिताका लागि बुटवलमा अभिमूखिकरण सम्पन्न भएको छ । मिस यूनिभर्स नेपालका लागि राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठको विशेष उपस्थितीमा अभिमूखिकरण भएको हो । 

    मुलुकका विभिन्न ७ शहरमा कार्यशाला गर्ने अभियान अन्तरगत बुटवलमा २ दर्जन बढीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मिस यूनिभर्सल नेपाल एमयूएनमा सहभागिता जनाउँदा प्राप्त गर्न सकिने अवसर, प्रतियोगितामा सहभागिताका लागि आवश्यक योग्यता तथा व्यक्तित्व बिकास सम्बन्धि अभिमूखिकरण गरिएको थियो ।

    यही मे ५ देखि आबेदन खुला गरिएको एमयूएन-२०२२ का लागि काठमाण्डौंसहित बुटवल, पोखरा, चितवनको भरतपुर, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत लगायतका शहरमा कार्यशाला सञ्चालन गरिएको निर्देशक श्रेष्ठले जानकारी गराइन । उमङ्ग क्रियसन प्रालिको आयोजनामा जारी कार्यशालामा मिस यूनिभर्सल नेपाल २०२१ की विजेता सुजिता बस्नेत, स्टाइलिस्ट सागर गुरुङ र प्रशिक्षक स्मिथ तामाङले सहजिकरण गरेका छन् ।  

    जुन ३० सम्म आवेदन खुला गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार राशीसहित एउटा स्कुटर तथा विभिन्न गिफ्टह्याम्पर उपहार स्वरुप पाउने छन् भने संस्थासँग आवद्ध भएर १ वर्षसम्म काम गर्ने अवसर समेत प्राप्त गर्ने छन् । विजेताले २०२३ मा हुने मिस यूनिभर्सलमा नेपालको तर्फबाट सहभागी हुने अवसर समेत प्राप्त गर्ने छ ।  मिस यूनिभर्सल २०१७ को विजेता समेत रहेकी कार्यक्रमका निर्देशक श्रेष्ठले यो सिजनमा तेस्रो लिङ्गी महिला तथा एनआरएन युवतिहरुले समेत सहभागिता जनाउन पाउने उल्लेख गरिन् । 

    आयोजक संस्था उमङ्ग क्रिएसनका निर्देशक उद्धव अधिकारीका अनुसार प्रतियोगसतामा सहभागिता  जनाउने चाहनेहरुले हजार रुपैया शुल्क तिरेर आवेदन दिन पाउने छन् । मिस यूनिभर्सल नेपालको आधिकारिक एप ुएप्पल एप डाउनलोड गरि आवेदन दर्ता गर्न सकिने उनले बताए । मुलुकभरबाट २ दर्जन बढीले खुला आवेदन दर्ता गरिसकेको प्रतियोगितामा उल्लेख्य मात्रामा सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।

    गत वर्षको प्रतियोगितामा कोरोना महामारीका कारण २ सय बढी प्रतियोगि सहभागी भएकोमा यो वर्ष उक्त संख्या थप बढ्ने अपेक्षा गरिएको हो । त्यसअघिको वर्ष २०२० मा ५ सय बढीले प्रतियोगितामा सहभागिता जनाएका थिए । 

    विभिन्न चरणमा करिब ४ महिना सञ्चालन हुने प्रतियोगितामा अन्तिम ५० जना क्वाटर फाइनलमा प्रवेश गर्ने छन् भने अन्तिम २० जनाले ग्राण्ड फिनालीमा सहभागिता जनाउन पाउने छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology