Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रतिनिधिसभामा सांसदहरुले के-के भने ?

प्रतिनिधिसभामा सांसदहरुले के-के भने ?

  • 2.0K
    SHARES

  • प्रतिनिधिसभामा सांसदहरुले के-के भने ?

    बुटवल,जेठ २७ । 

    प्रतिनिधिसभामा सांसदहरुले बिभिन्न बिषयको उठान गरेका छन् । आजको बैठकमा सांसद रामवीर मानन्धरले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरेका छन् ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य मानन्धरले काठमाडौं फोहोरमैलाको कारण अस्तव्यस्त भइरहेको बताए । उनले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरे । उनले फोहोरमैलाको व्यवस्थापन गर्न दृढ इच्छाशक्ति भएको मानिस चाहिने भन्दै त्यस्तो व्यक्ति आफु भएको दाबी गरे ।

    प्रतिनिधिसभा सदस्य विमला विकले किसानले मल पाउँछन् कि पाउँदैनन् भनेर सरकारलाई प्रश्न गरिन् । उनले सरकारले मल दिन नसके किसानले सीमा पारिबाट ल्याएको मल नखोस्न आग्रह गरिन् । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेर व्यवसायीले तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएको बताए । प्रतिनिधिसभा सदस्य मीन विश्वकर्माले ललितपुर शंखमुलस्थित जगतगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण ४ बालकलाई भर्ना नलिएको भन्दै आपत्ति जनाए ।

    उनले गुरुकुलले भर्ना नलिएर शिक्षा र धर्म अवलम्बन गर्न पाउने हक हनन भएको र चरम जातीय विभेदको व्यवहार गरिएको बताए । प्रतिनिधिसभा सदस्य रंगमती शाहीले मानव तस्करी गम्भिर समस्या बनेको उल्लेख गरिन् । प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले पूर्वपश्चिम विद्युतीय रेल मार्ग अन्र्तगतको काँकडभिट्टा–इनरुवा खण्डको लागि आवश्यक पर्नेभन्दा बढी जग्गा रोक्का गरिएको र काम पनि अगाडि नबढाइएकाले सो जग्गा फुक्का गर्न माग गरे ।

    प्रतिनिधिसभा सदस्य रेणुका गुरुङले संघीय संसद भवनको क्यान्टिनमा ढिलासुस्ती र लापरबाही हुने गरेको दुखेसो गरिन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology