अमर पन्थ/गुल्मी,जेठ २७ ।
गुल्मीको छत्रकोट गाउँपालिका पल्लिकोटमा डोजर दुर्घटना भएको छ। छत्रकोट गाउँपालिका वडा नम्बर २ पल्लिकोटको रातापानी भन्ने ठाउमा डोजर दुर्घटनामा परेको हो।
गय राती करिब ९ बजेको समयमा लुम्छाबाट पल्लिकोट आउदै गर्दा रातापानी भन्ने ठाउँमा डोजर दुर्घटनामा भएको हो र दुर्घटनामा चालक सडकदेखि २ सयमिटर तल मृत्यु अवस्थामा भेटिएका छन् ।
चालकको नाम र घटनाको कारण अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ। डोजर सडक बाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले पुष्टि गरेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)