Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

एभरेष्टमा साहित्यिक मञ्च पुनर्गठन,अध्यक्षमा कृष गौतम

एभरेष्टमा साहित्यिक मञ्च पुनर्गठन,अध्यक्षमा कृष गौतम

  • 1.4K
    SHARES

  • एभरेष्टमा साहित्यिक मञ्च पुनर्गठन,अध्यक्षमा कृष गौतम

    बुटवल,जेठ २७ ।

    बुटवलको एभरेष्ट इङ्गलिस बोर्डिङ स्कुलमा साहित्यिक मञ्चको पुनर्गठन गरिएको छ । विद्यार्थीको अन्तरनिहित साहित्यिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले एक दशकअघि स्थापना भएको उक्त साहित्यिक मञ्चको कार्यावधि एक शैक्षिक सत्रसम्म रहने र हरेक नयाँ शैक्षिक सत्रमा पुनर्गठन गरिने जानकारी साहित्यिक फाँट संयोजक माधव पौडेलले जानकारी दिनुभयो । नवगठित कार्यसमितिको अध्यक्षमा कक्षा–१० का छात्र कृष गौतम निर्वाचित हुनु भएको छ ।

    समितिको उपाध्यक्षमा कक्षा–१० की छात्रा स्पन्दन लम्साल, सचिवमा कक्षा–१० का छात्र सम्मान वाग्ले, सहसचिवमा कक्षा–१० की छात्रा बेनजिर केसी र कोषाध्यक्षमा कक्षा–९ का छात्र अस्मित खनाल विजयी हुनु भएको छ । यसैगरी सदस्यहरुमा क्रमश ः सृजल बस्याल, विदुषी गौतम, शुभम् पोख्रेल, विशेषता पन्थ र अग्नेश सोमै मगर निर्वाचित हुनुभयो ।

    निवार्चित पदाधिकारीहरुलाई साहित्यिक मञ्चका संरक्षक तथा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै विद्यार्थीको अन्तरनिहीत प्रतिभाको प्रस्फुटनका लागि विद्यालयमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिएको बताउनुभयो ।

    समयसमयमा विद्यार्थीलाई अतिरिक्त कृयाकलापमा सहभागि गराउनुपर्नेमा जोड दिनुभयो । यसैबीच साहित्यिक मञ्चको सल्लाहकारमा सह–प्राचार्य भीमसेन गौतम, उप–प्राचार्य उमेश रेग्मी र साहित्यिक फाँट संयोजक माधव पौडेल रहेको बताइएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology