बुटवल,जेठ २७ ।
रुपन्देहीको सैनामैनामा रहेको लुम्बिनी कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका-६ कलौनी स्थित पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा बिहान देखि आगो लागेको हो ।
आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको दमकलसहित ३ वटा दमकल प्रयोग भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।
उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना,मेयरसहित जनप्रतिनिधि ,नगर प्रहरी र स्थानीयहरु घटना स्थलमा छन्।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)