Logo बुधवार, श्रावण १३ गते २०८३
images

पूर्व प्रबन्ध निर्देशक ढकाल वडाध्यक्ष बनेपछि स्मृतिले गर्यो सम्मान

पूर्व प्रबन्ध निर्देशक ढकाल वडाध्यक्ष बनेपछि स्मृतिले गर्यो सम्मान

  • 2.5K
    SHARES

  • पूर्व प्रबन्ध निर्देशक ढकाल वडाध्यक्ष बनेपछि स्मृतिले गर्यो सम्मान

    बुटवल,जेठ २७ । 

    स्मृति बोर्डिङ् स्कुल शंकरनगरले बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष विष्णु ढकाललाई बधाईसहित सम्मान गरेकोे छ । विद्यालयका प्रबन्ध निर्देशक रहेका उनलाई एक समारोहबीच सम्मान गरिएको हो । बिहीबार सम्पन्न सम्मान समारोहमा बोल्दै वडाध्यक्ष ढकालले आफू जनताका हरेक सुखदुःखमा सामेल भएर वडाको विकास र उन्नतिमा सपर्पित हुने बताए ।

    सानैदेखि समाजसेवामा रुचि रहेको बताउदै उनले जनताका मूलभूत समस्या आजसम्म सम्बोधन नभएकाले आफ्नो उम्मेदवारी दिएको र जनताले यसैका निम्ति जिताएको बताए ।

    सो अवसरमा विद्यालयका अध्यक्ष उमाकान्त चापागाईं र प्रिन्सिपल हरि ज्ञवालीले शैक्षिक क्षेत्रका व्यक्ति ढकालले सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गर्ने शुभेच्छा प्रकट गरेका थिए । शैक्षिक व्यक्तित्व तुलसीप्रसाद सापकोटाले जनताको पक्षमा उदाहरणीय कार्य गरेर उपनगरपालिकामा उत्कृष्ट बन्न सुझाव दिए  ।

    विद्यालयका उपप्रार्चाय केशबहादुर गुरुङको स्वागत मन्तव्य र अतिरिक्त क्रियाकलाप प्रमुख उद्भव देवकोटाको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय सञ्चालक विजय कुमारले कार्यक्रमको संयोजन गरेका थिए । वडाध्यक्ष ढकाल स्मृति बोर्डिङ् स्कुलका सञ्चालक, प्रबन्ध निर्देशक र शिक्षकसमेत थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology