Logo बिहिवार, आश्विन १ गते २०८३
images

बाँकेको जानकीमा कारको ठक्करबाट एक युवतीको मृत्यु

बाँकेको जानकीमा कारको ठक्करबाट एक युवतीको मृत्यु

  • 1.7K
    SHARES

  • बाँकेको जानकीमा कारको ठक्करबाट एक युवतीको मृत्यु

    बाँके,जेठ २६ ।

    बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरमा आज बिहान कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन् । गम्भिर घाइते भएकी युवतीको उपचारको क्रममा नेपालगंज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

    बा ४ च १९७५ नम्बरको कारले आज बिहान ५ बजे उनलाई पैदल हिडीरहेको बेलामा ठक्कर दिएको थियो । दुर्घटना लगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology