बुटवल,जेठ २४ ।
मारवाडी महिला मंच बुटवलले सहयोग तथा वृक्षरोपण गरेको छ । मंचले फर्निचर, पोशाक ,शैक्षिक सामग्री वितरण तथा वृक्षारोपण गरेको हो ।
मञ्चका अध्यक्ष सुनन्दा मालपानीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मालपानीले मारवाडी महिला मञ्चले सामाजिक सेवा अन्र्तगत विभिन्न ठाउँहरुमा सहयोग गर्दै आएकोले जनज्योति आधारभुत विद्यालयलाई पनि केही सहयोग पुगोस् भन्दै विभिन्न सामग्री वितरण गरिएको बताईन् ।
उनले आफ्नो संस्थाबाट आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाईन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरस्वती कुँवरले मञ्चले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिन् ।
त्यस्तैगरी सोही विद्यालयका प्रधानाध्यापक विज्जु कार्कीको संयोजकत्वमा कार्यक्रम भएको थियो । बाल अधिकार समन्वय समिति रुपन्देहीका सदस्य सक्सेस रानाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सरस्वती कुँवरले गरेकी थिईन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)