Logo बिहिवार, आश्विन १ गते २०८३
images

शुद्धोधन जेसिजद्वारा ट्राफिक सचेतना कार्यक्रम

शुद्धोधन जेसिजद्वारा ट्राफिक सचेतना कार्यक्रम

  • 2.1K
    SHARES

  • शुद्धोधन जेसिजद्वारा ट्राफिक सचेतना कार्यक्रम

    शुद्धोधन ,जेठ २४ ।

    शुद्धोधन जेसिजको साताब्यापी विविध कार्यक्रम सुरु भएको छ ।  जेसिज सप्ताहको शुभारम्भ लुम्बिनी प्रदेश साँसद पुष्पा थरुनीले गर्नुभएको थियो ।

     शुद्धोधन जेसिजले जेठ २४ गते देखि ३१ गतेसम्म गर्न लागेको  जेसिज सप्ताहको उद्घाट्न साँसद थरुनीले शुद्धोधनका युवाहरुको ब्यक्तित्व र नेतृत्व विकासमा शुद्धोधन जेसिजले सहयोग भन्दै प्रदेश मातहतबाट जेसिजलाई हरेक समय सकारात्मक कार्यमा साथ र सहयोग रहने बताउनुभयो । त्यस्तै  कार्यक्रममा बोल्दै शुद्धोधन ४ का वार्ड अध्यक्ष एवम् गाउँपालीका प्रबक्ता केशब प्रसाद अधिकारीले गाउँपालीकाको सकारात्मक परिवर्तनका क्षेत्रमा हुने कार्यक्रममा गाउँपालीकाको साथ र सहयोग रहने र  जेसिज सप्ताह कार्यक्रम सफल रुपमा सम्पन्न गर्नका लागि जेसिज आवद्ध सबै सदस्यहरु सक्रिय रहन आग्रह गर्नुभएको थियो ।

    समुद्घाटनको दिन  फर्साटिकर बजार क्षेत्रमा रहेको ट्राफिक व्यवस्थापन समस्या न्युनीकरण गर्ने उपाय पहिचानका सम्बन्धमा भएको अन्तरक्रियामा अधिकाँसले बजार क्षेत्रमा जेव्रा क्रसिङ, ट्राफिक चेकजाँचमा कडाई , सिसिटिभि व्यवस्थापन , पार्किङ व्यवस्थापन लगायतका बिषय उठान गरीएकोमा जेसिज र ट्राफिक प्रहरी तथा फर्साटिकर चौकिका ईन्चार्ज सहितको स्थलगत निरिक्षण गरि ६ ठाउँमा जेब्राक्रसिङ निर्माण गर्ने, १र१ हप्ता एकरएक साईड पार्किङ गर्ने र घुम्ती चेकिङ सञ्चालन गर्ने र ट्राफिक व्यवस्थापन गर्ने योजना बनेको मुल कार्यक्रम संयोजक रमेश गौतमले बताउनुभयो।
    शुद्धोधन जेसिज अध्यक्ष मुकेश कुँवरको अध्यक्षतामा , कार्यकारिणी उपाध्यक्ष रुपा पराजुली डुम्रे को स्वागत तथा कार्यक्रममाथि प्रकाश पार्नुभएको कार्यक्रममा  पुर्व अध्यक्ष चुडामणी डुम्रे , कृषि बिकास बैंकका शाखा प्रवन्धक यम प्रसाद आचार्य ले शुभकामना मन्तव्य ,निवर्तमान अध्यक्ष रामजी पौडेलको धन्यबाद ज्ञापन गर्नुभएको कार्यक्रम जेसिज शाखा महासचिव महेन्द्र गौतमले संचालन गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology