बुटवल,जेठ २४ ।
गुल्मी जुनियाँ तराई सम्पर्क समाजका अध्यक्ष खडकबहादुर शाहीले गुल्मीका २ बिद्यालयलाइ सहयोग गर्नुभएको छ ।शाहीले आफ्नी श्रीमती हुमकुमारी शाहीको बार्षिक पुण्य तिथीमा हेमन्त प्राबि र जुनिया माबिमा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
साथै शाही पवरिवारको तर्फबट जुनिया माबिमा २ लाखको अक्षयकोष स्थापना गरिएको गुल्मी जुनियाँ तराई सम्पर्क समाजका अध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो ।सोही अबसरमा सो स्थानमा एकल महिला पुरुषलाइ खाद्यान्न समेत बित।रण गरिएको थियो ।
कार्यक्रममा बिद्यालयका अध्यक्ष पूर्णबहादुर शाही ,पृथबहादुर बुढाथोकी,प्रअ केशबराज भट्टराइ लगायतले बोलेका थिए ।सो अबसरमा बोल्ने बक्ताहरुले स्व शाहीले सो क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै १ मिनेट मौन धारण गरेर उहालाइ स्मरण गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)