Logo बिहिवार, आश्विन १ गते २०८३
images

बसन्त र शान्ति श्रीको जादुमय स्वरमा ‘डाँफे चरी’,पल र रियासाको ‘लभ स्टोरी’ ! (भिडीयो सहित)

बसन्त र शान्ति श्रीको जादुमय स्वरमा ‘डाँफे चरी’,पल र रियासाको ‘लभ स्टोरी’ ! (भिडीयो सहित)

  • 3.8K
    SHARES

  • बसन्त र शान्ति श्रीको जादुमय स्वरमा ‘डाँफे चरी’,पल र रियासाको ‘लभ स्टोरी’ ! (भिडीयो सहित)

    बुटवल, कार्तिक ९-

    खोली रोयो,नदी बन्यो म रोएर आँशु,

    तिम्रै पिरले रुदा रुदै आधा घट्यो मासु....‘डाँफे चरी’ भन्छे .....

    यी शब्दले सजिएको ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । चर्चित गायक बसन्त लम्साल र गायीका शान्ति श्री परियारको जादुमय स्वरमा सजिएको गीट्टले निकै राम्रो भ्युज पाइसकेको छ । 

    भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडलहरुको अभिनय रहेको छ भने  ।   रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन् । 

    bb.jpg

    अन्य भिडियोमा भन्दा यस गीतको भिडियोमा पल र रियासाको जोडीलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । आफूले माया गरेको मान्छेलाई अर्कैले लैजान खोज्दाको पिडा पलले देखाएका छन् । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सम्पादन दीपक बिष्टले गरेका छन् भने कलर प्रबिन भट्टले गरेका छन् । 

    झण्डै ५ दर्जन गीति एल्बम बजारमा सार्वजनिक गरिसकेका गायक लम्साल यस गीतलाई दर्शक तथा स्रोताले मन पराउनेमा पुर्ण आशावादी छन् । गायक बसन्तका यसअघिका ‘मृत्यु दण्ड’, ‘बिछोडको घाँउ’, ‘जिउँदै श्रद्धाञ्जली न देउ आत्मालाई’,‘हाम्रो प्यारो अर्घाखाँची’ टीकटक खोल्दा तिम्रै भिडियो आउछ लगायतका दर्जनौं गीत चर्चित छन् ।

    उनी बुटवलको बुद्ध टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा समेत कार्यरत छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology