Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रोहिणीमा हिजाे भएको बस दुर्घटनाका मृतक नौ जनाकै सनाखत

रोहिणीमा हिजाे भएको बस दुर्घटनाका मृतक नौ जनाकै सनाखत

  • 2.5K
    SHARES

  • रोहिणीमा हिजाे भएको बस दुर्घटनाका मृतक नौ जनाकै सनाखत

    बुटवल,जेठ २३ ।

    रुपन्देहीको रोहिणीमा आइतबार भएको बस दुर्घटनाका मृतक नौ जनाकै सनाखत भएको छ । मृतक सबैको शव परिवारले बुझेका छन् ।

    जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रबाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जनामध्ये एक महिला र ८ जना पुरुषको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो । 

    दुर्घटनामा परेर मृत्यु हुनेहरूमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, तिलोत्तमा–२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रुपन्देही ओमसतिया गाउँपालिका–४ का ६५ वर्षका राजेन्द्र्रसाद पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षकी तुलसी बस्याल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास छन् ।

    त्यस्तै, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, ५० वर्षका नागेन्द्र शर्मा, महोत्तरी पिप्रहवा– ५का ३० वर्षका चन्दन यादव र सीतामढी भारतका ४५ वर्षका सञ्जय गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते २३ जनामध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते दुई जना डिस्जार्ज भएका छन् । घाइते २१ जनामध्ये १५ जनाको अवस्था गम्भीर र बाँकीको मध्यम रहेको प्रहरीले जनाएको छ ।

    चालक निदाएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology